कोरोना भाइरसकोबारे अफवाह फैलाउने तीनजना पक्राउ

काठमाडौं । कोराना भाइरसका बारेमा अहिले सोसल मिडियाहरुमा विभिन्न खाले त्रासदीपूर्ण खबरहरु तथा अफवाहहरु पनि फैलिन थालेका छन् । गतल समाचार फैलाएको आरोपमा तीन जना पक्राउ परेका छन् ।

भारतको केरेला राज्यमा एकजना मेडिकल छात्रामा कारोनाको संक्रमण देखिएपछि उनलाई छुट्टै राखेर उपचार भैरहेको छ ।

ती छात्राको बारेमा फैलाईएको गलत खबरको कारण केरेला राज्यकै तीनजना व्यक्तिहरु पक्राउ परेका छन् ।

ती छात्राको अवस्था अहिले सन्तोषजनक रहेको छ । ती छात्रा खतराभन्दा बाहिर रहेको चिकित्सकहरुले जनाएका छन् ।

कारोना भाइरसको कारण अहिले विश्वभर नै त्रासको अवस्था सिर्जना भएको छ । चीनमा यस भाइरसको कारण ३ सय ४ भन्दा धेरै मानिसहरको मृत्यु भैसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here