आठौं घरजग्गा मेला बैशाख ४ गतेबाट भृकुटीमण्डपमा

काठमाडौं, २० माघ । आठौं घरजग्गा मेला बैशाख ४ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।

सोमवारआयोजित पत्रकार सम्मेलनमा मेला बैशाख ४ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा हुने नेपाल जजग्गा तथा आवास विकास संघका अध्यक्ष मिनमान श्रेष्ठले बताए ।

‘आठौं घरजग्गा मेला बैशाख ४ गतेबाट भृकुटीमण्डपमा सञ्चालन हुँदैछ’ उनले भने, ‘मेलामा ८० भन्दा धेरै स्टहरु समावेश गरिनेछ ।’

वैज्ञानिक, किफायती, व्यवस्थित एवं सुरक्षित आवास तथा जग्गा विकास तथा शहरीकरणमा महत्वपूर्ण योगदान पु¥याइरहेका व्यवसायीहरु र यसका उपभोक्ताहरुलाई एकै थलोमा भेला गराउनु मेलाको प्रमुख उदेश्य रहेको पनि अध्यक्ष श्रेष्ठले बताए ।

मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजना तथा विकासमा आबद्ध व्यवसायीहरु, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, ईन्जिनियरिङ्ग तथा आर्किटेक्चर कन्सल्ट्यान्ट लगायतका स्वदेशी तथा विदेशी प्रदर्शकहरुका साथै बैंक र बीमा कम्पनीहरुसमेत सहभागी हुने संघले बताएको छ ।

मेलामा भवन तथा संयुक्त आवास र जग्गा विकास सम्बन्धी आयोजनाका उत्पादन, विद्युतीय सरसामानहरु, फर्निचर, पाईप, सेनिटरी वयर्स फिटिङ, पेन्टस्, सेरामिक, सिसा, काठ, ढुँगा, आईरन, स्टिल, सिमेण्ट, सजिसजावटका सामान, तथा वास्तुकला, सौर्य उर्जा, फोहोर व्यवस्थापन, रियल ईस्टेट एजेण्ट, निर्माण सामाग्रीका उत्पादन, आपूर्ति तथा वितरण जस्ता ब्यवसायमा संलग्न ब्यवसायीहरुले आ–आफ्ना उत्पादनहरु प्रदर्शन गरी सो सम्बन्धी परामर्श सेवा समेत उपलब्ध गराउने संघले बताएको छ ।

यस मेलामा एक लाखभन्दा बढी दर्शकहरुले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएकोछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here