सिन्धु विकास बैंकको बनोस शेयर ११.५ प्रतिशत, २४ स्थानबाट वित्तिय सेवा

काठमाडौं, २० माघ । सिन्धु विकास बैंकले दशौंं बार्षिक साधारण सभा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ बाह्रबिसे, सिन्धुपाल्चोकमा समापन गरेको छ ।

उक्त साधारण सभाले आर्थिक वर्षको बार्षिक प्रतिवेदन लगायत विभिन्न प्रस्ताव पारित गरेको हो ।

साधारण सभाले खुद मुनाफाबाट ११.५१ प्रतिशत बोनस शेयर तथा ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाले सर्वसाधारण समूहका तर्फबाट २ जना सञ्चालक सञ्जीव प्रधान र हिरा केसीलाई निर्बिरोध निर्वाचित गरेको छ

सो अवसरमा बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले आगामी दिनमा प्रदेश नं. ३ को अग्रणी विकास बैंकको रुपमा सिन्धु विकास बैंकलाई लैजाने लक्ष्य लिएको जानकारी गराए।

बैंकले हालसम्म सिन्धुपाल्चोक, काभ्रे, दोलखा, चितवन र मकवानपुर जिल्लामा समेत गरी कुल २२ शाखा र २ सिमिति बैकिङ्ग ईकाई गरी कुल २४ स्थानबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।

वि.स २०७६ माघ १७ देखि संचालन भएको उक्त साधारण सभाले आर्थिक वर्ष ०७५/०७६ को बार्षिक प्रतिवेदन प्रतुत गरेको थियो । वि.सं२०६७ साल भाद्र २४ गते सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा प्रधान कार्यालय बनेपामा कर्पोरेट राखी कारोवार संचालन भइरहेको छ ।

किन रोकियो सिन्धु विकास बैंकको साधारण सभा ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here