एनआईबीएल बैंकको एसएमई कर्जामा ९.९९ प्रतिशत ब्याज

काठमाडौं, २० माघ । नेपाल इन्भेष्टमेन्ट बैंकले एक वर्षकालागि निश्चित ९.९९ प्रतिशत ब्याजदरको साना तथा मझौला उद्यमी (एसएमई) कर्जा ल्याएको छ ।

यसअछि बैंकले समाजमा बचतको बानी बसाल्ने भन्दै ९.२५ प्रतिशत ब्याजदर सहितको क्रमिक मुद्दती निक्षेप (रिकरिङ फिक्स्ड डिपोजिट) सञ्चालनमा ल्याएको थियो ।

यसबाहेक अंग्रेजी नयाँ वर्षका अवसरमा नेपाल इन्भेष्टमेन्ट बैंकले हरित पहल अभियान अन्तर्गत ग्रिन डबल फिक्स्ड डिपोजिट (जीडीएफडी) ल्याएको थियो । सो योजना अन्तर्गत दिगो भविष्य सुनिश्चित हुनुका साथसाथै व्यक्तिको निक्षेप पनि ७.५ वर्षमा दोब्बर हुने बैंकले जनाएको छ ।

यो योजनाअन्तर्गत संकलन गरिएको निक्षेप इको–लोन मार्फत हरित परियोजनाहरूमा लगानी गरिने र जसमा एक वर्षकालागि निश्चित वार्षिक १०.५० ब्याजदर कायम गरिएको छ ।

देशको विद्यमान कृषि क्षेत्रको आधारलाई सहयोग र आधुनिकीकरणका एक वर्षको समयको लागि निश्चित वार्षिक १०.५० प्रतिशतको ब्याजदरमा उत्पादनशिल कृषि क्षेत्रमा प्रदान गर्ने गरी कर्जा योजना पनि अघि सारेको बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here