हात्तीपाइले रोग नियन्त्रण अभियान: माहाकालीमा अभिमुखिकरण कार्यक्रम

पप्पु गुरुङ्ग

दोधारा, २१ माघ । माहाकालीमा हात्तीपाईले रोग निवारण अभियान सम्बन्धी स्वास्थ्यकर्मीहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ् ।

माहाकाली नगरपालिका कार्यालयको आयोजनामा माहाकाली नगरपालिकाका स्वास्थ्यकर्मीहरुलाई हात्तीपाईले रोग निवारण अभियान अन्तर्गत एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको जनस्वास्थ्य निरिक्षक जय बहादुर महराले जानकारी दिए ।

कार्यक्रममा हात्तीपाईले रोग र त्यसको औषधी खुवाउने सम्बन्धमा छलफल भएको छ । सरकारले आगामी माघ २५ गतेबाट देशव्यापी रुपमा हात्तीपाईले रोग निवारण अभियान २०७६ अन्तर्गत औषधी सेवन कार्यक्रम सञ्चालन गर्ने भएको छ् ।

अभियानलाई भव्यताका साथ सफल पार्न नगरका जनप्रतिनिधी, वडाका स्थानियहरु संग छलफल तथा अन्र्तक्रिया संचालन हुदै आएको छ् ।

हात्तीपाईले रोग लामखुट्टेको टोकाईबाट सर्ने भएकोले यो औषधी २ वर्ष भन्दा मुनिका बालबालिका, ७० वर्ष भन्दा माथीका ज्येष्ठ नागरिक, दीर्घ रोगी र गर्भवती महिला बाहेक सबैलाई अनिवार्य रुपमा सेवन गर्न माहाकाली नगरपालिका कार्यालय स्वास्थ्य शाखाले अनुरोध गरेको छ् ।

कार्यक्रमलाई सफल पार्न एक साता भन्दा अघि देखी माहाकाली नगरपालिकामा बिभिन्न कार्यक्रम तथा अन्तरक्रिया संचालन गर्दै आएको जनस्वास्थ्य निरिक्षक जय बहादुर महराले जानकारी दिएका छन् ।

हात्तीपाईले रोग निवारण अभियानलाई सफल बनाउन माहाकाली नगरपालिका कार्यालयले जनप्रतिनिधी, स्वास्थ्यकर्मी र राजनीतिक दलका प्रतिनिधीलाई परिचालन गरेर कार्यक्रम सफल पारिने माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् ।

यो औषधिले कुनै प्रकारको असर नगर्ने र सेवन गर्दा सामान्य रिंगटा लाग्नु स्वाभाविक भएकाले ढुक्क संग औषधि सेवन गर्न माहाकाली नगरपालिका स्वास्थ्य शाखाले सबैमा अपिल गरेको छ् ।

हात्तीपाईले रोग निवारण अभियान सम्बन्धी स्वास्थ्यकर्मीहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रममा जनस्वास्थ्य निरिक्षक जय बहादुर महरा र प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरीले प्रशिक्षण दिएका थिए ।

महिला स्वास्थ्य स्वयम्सेवीकाहरुलाई एक दिने हात्तीपाईले रोग निवारण अभियान सम्बन्धी अभिमुखिकरण संचालन गरिने माहाकाली नगरपालिका कार्यालयले जानकारी दिएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here