प्रतितोला ५०० रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २१ माघ । रेकर्ड कायम गर्दै बढेको सुनको मूल्य मंगलवार घटेको छ । मंगलवार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घट्यो ।

सोमवार प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलवार ५०० रुपैयाँ घट्दै प्रतितोला ७६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

मंगलवार तेजावी सुनको मूल्यमा पनि प्रतितोला ५०० रुपैयाँले नै घट्यो । सोमवार प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य मंगलवार ५०० रुपैयाँ घट्दै प्रतितोला ७५ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

मंगलवार चाँदीको मुल्य पनि प्रतितोला १० रुपैयाँ घट्यो । सोमवार प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा मंगलवार १० रुपैयाँ घट्दै प्रतितोला ८ सय ८० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here