कुर्सीमा बसेर खाना खानु हानिकारक, भुइँमा बसेर फाइदै फाइदा

काठमाडौं । नेपालमा अधिकांश गाउँमा खाना खाँदा भुइँमा नै बसेर खाने चलन छ । मानिसहरु खाना खानकालागि भुईमा पलेटी कसेर बस्थे, तर शहरिकरण बढ्दै जाँदा भुइँमा बसेर खाने चलन विस्तार हट्दै छ भने डाइनिङ टेवलको चलन बढ्दै गएको छ ।

शहरमा बस्ने अधिकांश मानिस कुर्सीमा बसेर खाना खान्छन् । कुर्सीमा बसेर खाना खानु आनन्ददायी त हुन्छ तर स्वास्थ्यका लागि यो हानिकारक छ ।

टेबलकुर्सीमा बसेर खानु भन्दा पनि भुईमा पलेटी कसी बसेर खाना खाने गर्दा हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । योग दर्शनका दृष्टिकोणमा हेर्ने हो भने पलेटी मारेर बस्नुलाई सुखासन मानिन्छ ।

तर भौतिक सुखमा केन्द्रित भएपछि मानिसहरुले बिस्तारै पलेटी मारेर खाना खान छाडेका छन् । टेबुल कुर्सीमा बसेर खान खानुलाई आधुनिक सभ्यताको रुपमा लिने गरिन्छ ।

यो आसनमा बस्दा मानिसको दिमाग आफै शान्त हुन्छ । सबै ध्यान खानाप्रति मात्र केन्द्रित हुन्छ ।

भुईमा पलेटी मारेर बस्दा पेट तथा ढाडका भाग लगायतका मांसपेशीहरुमा एक किसिमको हलचल हुन्छ जसको कारण पाचन प्रणाली सक्रिय हुन गई राम्ररी काम गर्न पाउँछ र हामीले खाएको खाना सजिलैसँग पच्ने हुन्छ ।

भुईमा बसेर खाना खाँदा रक्त संचारमा पनि सुधार आउने हुन्छ जसबाट मुटुले पाचन प्रणालीमा सघाउने अङ्गहरुमा सहज ढङ्गबाट रक्त संचार हुने गर्दछ । यसरी खाना खाँदा आवश्यक्ताभन्दा बढी खाना खाने बानीबाट पनि बच्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here