कोरोना प्रकोप: मृतकको संख्या ४ सय ९० पुग्यो, २४ हजार संक्रमित

काठमाडौं, २२ माघ । चीनमा तीव्ररुपमा फैलिरहेको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ४ सय ९० पुगेको छ ।

भाइरसबाट मंगलबार मात्रै ६५ जनानको ज्यान गएको छ। चीन बाहिर हङकङमा एक जनाको ज्यान गएको छ ।

२४ हजार ३२४ जना संक्रमित भएको चाईना डेलीले जनाएको छ । यसअघि उक्त भाइरसका कारण फिलिपिन्समा पनि एक जनाको ज्यान गएको थियो ।

चीन बाहिर ४० देशमा कोरोनाको प्रकोप देखिएको र उक्त भाइरसबाट करिब ५० जना संक्रमित भएको बीबीसीले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरिसकेको छ । चीनको वुहानबाट फैलिएको भाइरसका कारण यसलाई थप शहरमा फैलिन नदिन यातायात आवागमनमा थप कडाइ गरिएको छ।

यसैगरी कोरोना भाइरसबाट अतिप्रभावित क्षेत्र चीनको हुबे प्रान्तमा रहेका नेपालीहरूलाई उद्धार गर्ने सरकारले तयारी गरेको छ ।

के हो कोरोना भाइरस ?

संक्रमित व्यक्तिको स्याम्पलको परीक्षण प्रयोगशालामा गरिएको थियो । उक्त परीक्षण पश्चात चीनका स्वास्थ्य कर्मचारी र डब्ल्यूएचओले यो भाइरसको नाम कोरोना बताइएको थियो ।

नयाँ भाइरसको विश्लेषणपछि यो कुरा पत्ता लाग्यो कि अन्य कोरोना भाइरसको तुलनामा ‘सार्स’ को संक्रमण गर्ने क्षमता धेरै हुन्छ ।

सार्स नामको कोरोना भाइरसलाई सबैभन्दा खतरनाक मानिन्छ । सोर्सको कारण चीनमा सन् २००२ मा ८ हजार ९८ जना संक्रमित भएका थिए, जसमध्ये ७ सय ७४ जनाको मृत्यु पनि भयो ।

यी हुन् कोरोना भाइरसको लक्षण

— टाउको दुख्नु
— रुघा
— खोकी
— घाँटीमा दुख्नु
— ज्वरो
— अस्वस्थ भएको अनुभव
— सामान्य अवस्थामा भन्दा धेरै थकाई लाग्नु
— निमोनिया, फोक्सोमा समस्या

कसरी बच्ने यो भाइरसबाट ?

यो संक्रमणबाट बच्नको लागि डब्ल्यूएचओ ले पनि विभिन्न प्रकारका उपायहरु बताएको छ । जुन निम्नानुसार छन्ः

—नियमित रुपमा हात सफा गर्ने

— खोक्दा वा हाच्छिउँ गर्दा मुख तथा नाक छोप्ने

— मासु तथा अण्डा राम्ररी पकाएर खाने

— कोरोना लक्षण लागेको शंका लागेमा मानिसहरुबाट टाढा बस्ने र जतिसक्यो छिटो अस्पताल जाने आदी ।

कति गम्भीर छ यो भाइरस ?

कोरोना भाइरसको कारण संक्रमणमा परेका मानिसहरुमा पहिले रुघा, खोकी, ज्वरो जस्ता समस्याहरु देखिएपनि संक्रमणको मात्रा बढ्दै जादाँ मानिसको मृत्यु समेत हुन्छ ।

कहाँबाट आयो यो भाइरस ?

यो भाइरस अन्य भाइरसभन्दा फरक प्रजातीको छ । यो एक जीवबाट अर्को जीवमा प्रवेश गर्छ र मानिसहरुमा संक्रमण गर्छ । सुरुमा मानिसहरुलाई केही थाहाँ हुदैन् ।

यो भन्दाअघि सार्स नामको भाइरस बिरालो प्रजातिको एक जीवबाट मानिसमा आएको आएको थियो । तर, चीनले यो भाइरसको मुल स्रोतको बारेमा कुनै जानकारी दिएको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here