राष्ट्रिय वाणिज्य बैंकले माग्यो एकैपटक ६ सय ६१ जना कर्मचारी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एकैपटक साढे ६ सय भन्दा बढी कर्मचारी नियुक्त गर्ने भएको छ । शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गरि वरिष्ठ सहायकदेखि मुख्य प्रबन्धकसम्मका लागि ६ सय ६१ जनाका लागि आवेदन खुल्ला गरेको हो ।

बैंकले प्रदेश स्तरको कार्यालयहरुमा प्सल टु पास गरेका ३ सय ९ जना कर्मचारी माग गरेको हो ।

त्यस्तै केन्द्रिय कार्यालयका लागि वरिष्ठ प्रबन्धमा १२, प्रबन्धकमा ७ र उपप्रबन्धकमा ११ जनाका लागि दरखास्त आवह्वान गरेको छ । यी पदका लागि २१ बर्ष पुरा भइ ४० बर्ष ननाघेकाले आवेदन दिन सक्नेछन् ।

साथै उनीहरुको शैक्षिक योग्यता कम्तिमा स्नातकोत्तर पुरा गरेको हुनुपर्ने बैंकले जानकारी दिएको छ । सहायक प्रवन्धकका लागि १५२ जना कर्मचारीका लागि आवेदन खुल्ला गरेको हो ।

बैंकले वरिष्ठ सहायकमा १सय ९० जनाका लागि जागिर खुलाएको हो । यसमा लागि सम्वन्धित विषय अनुसार स्नातक पास गरेको हुनुपर्छ ।

आवेदकहरुले शुक्रबारदेखि बैशाख १२ गतेसम्म आवेदन दिइसक्नुपर्ने छ । दोब्बर दस्तुर तिरेर भने बैशाख १९ गतेसम्म आवेदन दिन सक्ने जानकारी बैंकले दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here