वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

काठमाडौं, २२ माघ । नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धक तथा वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । शर्माको उपचारका क्रममा मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रन्सप्लान्ट सेन्टरमा बुधबार ७२ वर्षको उमेरमा उनको निधन भएको हो ।

२४ वर्षअगाडि ओपन हार्ट सर्जरी गरिएका शर्मालाई इन्फेक्सन भएपछि उपचारका लागि गंगालाल अस्पताल लगिएको थियो ।

शर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । शर्माका २ छोरा र श्रीमती छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here