भूकम्पीय आवास पुनर्निर्माणका लागि विश्व बैंकले दियो २२ अर्ब ८२ करोड ऋण

काठमाडौं, २३ माघ । भूकम्पीय आवास पुनर्निर्माणका लागि विश्व बैंकले २२ अर्ब ८२ करोड ऋण सहयोग गरेको छ । विश्व बैंकले ८६ हजार घर पुनर्निर्माणका लागि नेपाल सरकारलाई २०० मिलियन डलर (२२ अर्ब ८२ करोड) रुपैयाँ प्रदान गरेको हो ।

बिहीबार अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका नेपाल निर्देशक फारिस एच हाडाड-जर्भोसले हस्ताक्षर गरेका छन् उक्त रकम भूकम्पबाट प्रभावित ३२ जिल्लामा थप ८६ हजार आवास पुननिर्माणका लागि खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले विश्व बैंकले यसअघि दिएको २२ अर्ब ८२ करोड रुपैयाँ आवास पुनर्निर्माणमा खर्च गरिरहेको जनाएको छ । विश्व बैंकले यसअघि सन् २०१५ मा ५५ हजार घरको पुनर्निर्माणका लागि ऋण सहायता उपलब्ध गराएको थियो ।

सन् २०१७ मा सहायता रकम बढाएर थप ९६ हजार घर पुनर्निर्माणमा साथ दिएको थियो । सरकारले भूकम्पबाट भत्किएका निजी आवास पुननिर्माणमा ३ लाख रुपैयाँ अनुदान दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here