गच्छदारलाई मुद्दा चलाएको भन्दै कांग्रेसले गर्‍यो संसद अवरोध

काठमाडौं, २३ माघ । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ । ललित निवास जग्गा प्रकरणमा आफ्ना नेता तथा सांसद विजयकुमार गच्छदारलाई अख्तियारले मुद्दा दायर गरेको भन्दै विरोध गरेको छ ।

बिहीबारको बैठकको सुरुमा काँग्रेस सांसद पुष्पा भुषालले राजनीतिक पूर्वाग्रहका आधारमा गच्छदारविरुद्ध अख्तियारले मुद्दा दायर गरेकाले त्यसको विरोध गर्दै संसद बैठक अवरुद्ध गर्नुपरेको बताइन् ।

कसैलाई जग्गा फिर्ता गरेको भन्दै मुद्दा नचलाउने र कसैलाई मुद्दा चलाउने निर्णय गरेर कसैलाई काखा कसैलाई पाखा गरिएको भुसालले बताइन् ।

त्यसपछि कांग्रेस सांसदहरुले उठेर अवरुद्ध गरेका थिए । त्यसपछि सभामुखले शुक्रबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरेको घोषणा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here