कोरोना भाइरसबारे पहिला जानकारी दिने चिनियाँ चिकित्सकको मृत्यु

काठमाडौं, २४ माघ । चीनमा कोरोना भाइरसको सङ्क्रमण खतरनाक हुनसक्ने भन्दै सबैभन्दा पहिलो पटक चेतावनी दिने डाक्टर ली वेनलियाङ्गको ज्यान गएको छ ।

ग्लोबल टाइम्सका अनुसार चिकित्सक ली वेनलियान्गको मृत्यु कोरोना भाइरसको संक्रमणको कारण भएको हो।

जब चीनको वुहान शहरमा कोरोना भाइरसबारे सूचना लुकाउने प्रयास गरिएको थियो, त्योबेला चिकित्सक ली वेनलियान्गले अस्पतालबाट भिडियो पोस्ट गरेर कोरोना भाइरसबारे मानिसहरुलाई चेतावनी दिएका थिए।

वुहान केन्द्रीय अस्पतालका आँखा विशेषज्ञ ३४ वर्षीय डाक्टर वेनले गएको डिसेम्बर ३० तारिखमा केही बिरामीमा कोरोना भाइरस देखिएको जानकारी दिँदै यो खतरनाक हुनसक्ने बताएका थिए । तर चीनिया प्रहरीले उललाई भ्रम नफैलाउन चेतावनी दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here