मेगा बैंककी सीईओ अनुपमा खुञ्जेली वर्षकै ‘बेष्ट वुमन म्यानेजर’

काठमाडौं, २४ माघ । नेपाल व्यवस्थापन संघ(म्यान) ले मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीलाई सम्मान गरेको छ ।

म्यानले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उपराष्ट्रपति नन्द किशोर पुनबाट मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीलाई ‘वमन म्यानेजर रिकोनाईजेशन अवार्ड–२०१९ बाट सम्मानित भएकी छिन् ।

बाणिज्य बैंकको पहिलो महिला सीईओ खुञ्जेलीलाई सफल रुपमा मेगा बैंक हाक्न सफल भएको भन्दै उक्त अवार्ड दिईएको हो ।

बैंकिङ क्षेत्रमा २९ वर्षदेखि सक्रिय खुञ्जेली वाणिज्य बैंकहरुमध्येकै पहिलो महिला प्रमुख कार्यकारी अधिकृत पनि हुन् ।

उनको व्यवस्थापकीय नेतृत्वमा सो बैंकले राम्रो वित्तीय कार्यसम्पादन गर्दै आएको छ । सोही कार्यसम्पादनका आधारमा खुञ्जेलीलाई त्यस्तो सम्मान गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here