नेपाल ओमानविरुद्ध ब्याटिङ गर्दै, कमलसिंह ऐरीको डेब्यु

काठमाडौं, २६ मंसिर । आईसीसी विश्कप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ओमानविरुद्ध टस हारेपछि नेपालले ब्याटिङ गरिरहेको छ । आजको खेलमा नेपाललाई ओमानसँग बद्ला लिने अवसर छ ।

घरेलु मैदानमा भएको पहिलो खेलमा १८ रनले पराजित भएको आजको खेलमा जित निकाल्ने योजना छ ।

आजको खेलमा नेपालका कमलसिंह ऐरीले डेब्यु गर्ने भएका छन् । तीव्र गतिका बलर कमल सिंहलाई नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले ओडीआई क्याप दिएका हुन् । उनले अविनाश बोहोरालाई रिप्लेस गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here