गुण्डा नाइके बाहुनलाई १० वर्ष कैद सजायको फैसला

काठमाडौं, २८ मंसिर । रमेश बाहुन भनिने गुण्डा नाइके सुजन पौडेलविरुद्ध जिल्ला अदालत काठमाडौंले १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश नवराज दाहालको इजलासले उनलाई लागू औषध हेरोइन कारोबार तथा हातहतियारको मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।

प्रहरीले पौडेललाई लागूऔषध खैरो हेरोइन र कटुवा पेस्तोलको गोलीसहित १० असार २०७१ मा काठमाडौं कलंकीबाट पक्राउ गरेको जानकारी सार्वजनिक गरेको थियो।

काठमाडौं प्रहरीले उनलाई कल‌ंकीबाट पक्राउ गरेको दाबी गरेपनि उनी भारतको लखनउस्थित भारतीय विधायक बिनायक सिंहको घरबाट पक्राउ गरी नेपाल ल्याइएका थिए।

रामेछापको दुरागाउँ घर भएका पौडेलविरुद्ध १४ साउन २०७१ मा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । प्रहरीले खतरनाक गुण्डा नाइकेको सूचीमा राखेका रामेछाप दुरागाउँका पाैडेल केन्द्रीय अनुसन्धान ब्यूराेले बनाएकाे गुण्डा सूचीमा छन्।

उनी १० असार २०७१ मा काठमाडौंको कलंकीबाट लागू औषध खैरो हेरोइन र कटुवा पेस्तोलको १० राउण्ड गोलीसहित पक्राउ परेका थिए ।

त्यसअघि उनी विरुद्ध २९ वैशाख २०६४ मा सन्तोष अग्रवाललाई अपहरण गरी रु. ५ लाख फिरौती रकम लिई रिहा गरेको विषयमा प्रहरी अनुसन्धान भइरहेको थियो। उनी विरुद्ध ललितपुरका कांग्रेस नेता मिनकृष्ण महर्जनलाई ज्यानमार्ने उद्योग गरेको मुद्दामा समेत कारबाही भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here