प्याजको मूल्य सय रुपैयाँ भन्दा तल

काठमाडौं, २९ माघ । प्याजको मूल्य घटेको छ । कुनै समय २ सय ५० रुपैयाँ रहेको प्याजको मूल्य अहिले प्रतिकेजी सय रुपैयाँ भन्दा तल झरेको छ।

कालिमाटी तरकारी तथा फलफूल बजारको अनुसार गत आइतबारदेखि प्याजको मूल्य ओरालो लागेको हो ।

बुधबार प्याजको थोक मूल्य प्रतिकेजी ७२ देखि ७५ रुपैया रहेको छ । खुद्रा प्याजको मूल्य ९० देखि एक सय रुपैयाँ रहेको छ।

गत सिजनमा भारतमा प्याजको उत्पादनमा कमी आएपछि प्याजको मूल्य बढेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here