एनआईसी एशिया बैंकका सञ्चालक संघाईलाई सीआईपी सम्मान

काठमाडौं, १ फागुन । नेपाल सरकारले एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघाईलाई महत्वपूर्ण व्यावसायीक व्यक्ति (सीआईपी) सम्मान गरेको छ ।

नेपालको अर्थतन्त्रमा उल्लेख्य योगदान गरेवापत संघाईले उक्त सम्मान पाएका हुन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले संघाईलाई उक्त सम्मान प्रदान गरेका हुन् । नीजि क्षेत्रलाई सरकारले प्रदान गर्ने सबैभन्दा ठूलो सम्मान सीआईपी हो ।

ओलीले संघाइएलाई महत्वपूर्ण व्यावसायिक व्यक्तिको परिचयपत्र, सीआईपी लोगो तथा प्रमाणपत्रले विभूषित गरि सम्मान प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here