मेलम्ची खानेपानीमा २७ अर्ब ६६ करोड खर्च, कहिले आउँछ काठमाडौं ?

काठमाडौं, २ फागुन । राष्ट्रिय गौरवका आयोजनाको भौतिक तथा वित्तीय प्रगति निराशाजनक देखिएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा प्रतिवेदनका अनुसार राष्ट्रिय गौरवका आयोजनाको प्रगति सुस्त देखिएको हो ।

मुलकको आर्थिक सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुयाउने ऊर्जा, सडक, रेल, सिंचाइ, खानेपानी, पर्यटन क्षेत्रका यी आयोजनाहरूमा पर्याप्त बजेट विनियोजन गरिए पनि तिनीहरु भौतिक प्रगति देखिएको छैन् ।

सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन अवस्थामा रहेको मेलम्ची खानेपानी योजनामा हालसम्म २७ अर्ब ६५ करोड ९२ लाख रुपैयाँभन्दा धेरै खर्च भईसकेको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा ६५ करोड ९२ लाख रुपैयाँ खर्च भएसंगै मेलम्चीको कुल खर्च २७ अर्ब ६५ करोड ९२ लाख पुगेको हो ।

३१ वर्ष अघिको योजना

मेलम्ची खानेपानी योजना काठमाडौं उपत्यकामा प्रतिदिन १७ करोड लिटर खानेपानी वितरण गर्ने उदेश्यसहित आर्थिक वर्ष २०५५/५६ बाट शुरू भएको थियो ।

आर्थिक वर्ष २०७१/७२ मा नै सम्पन्न गर्ने लक्ष्यसहित सुरु भएको योजना उक्त समयमा पुरा नभएपछि आर्थिक वर्ष २०७६/७७ मा पहिलो र आ.व. २०७८/७९ मा दोस्रो चरणको काम सम्पन्न गर्ने गरी आयोजना संशोधित गरिएको थियो ।

प्रगति कति ?

समीक्षा प्रतिवेदनको अनुसार मेलम्ची खानेपानी योजनामा हालसम्म योजनाको मुख्य सुरुङ्ग तथा अडिट लगायतका खन्ने कार्य सम्पन्न भईसकेको छ । आयोजनाको मुख्य सुरूङ्ग तथा अडिट लगायतका खन्ने कार्य सम्पन्न भएका छन्।

सरुङको कार्य ९९.९ प्रतिशत सम्पन्न भएको छ भने विद्युत गृह, ट्रान्सफर्मर क्याभर्न कंक्रिटको कार्य एवं विटा गह र ट्रान्सफर्मर क्याभर्न खन्ने कार्य र टेलरेस सुरूङ्गमा लाईनिङ कार्य सम्पन्न भइसकेको छ।

हेडवक्र्समा वैकल्पिक पाइप जडान तथा सुन्दरीजल सप्लाईर वास वाउट पाइप जडान भएको दोस्रो चरण अन्र्तगत लार्के र याङ्ग्री खोलाको पानी समेत योजनामा मिसाउने उदेश्यले डिपिआर तथा इआईए तयारी कार्य सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ ।

चालु आर्थिक वर्षमा ७ अर्ब ३८ करोड विनियोजन

मेलम्ची खानेपानी योजनाको लागि चालु आर्थिक वर्षमा ७ अर्ब ३८ करोड ९५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । जसमा ६ महिनाको अवधीमा ६५ करोड ९२ लाख रुपैयाँ खर्च भएको छ ।
गत आर्थिक वर्षको सोही अवधीमा ६.७ प्रतिशत बजेट खर्च भएकोमा चालु आर्थिक वर्षमा ९ प्रतिशत खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

समीक्षा अवधिमा आयोजनाको हेडवर्क्स निर्माण सम्बन्धमा कफर ड्याम निर्माणको लागि दायाँ र बायाँ किनारमा ब्लाष्टिङ सम्पन्न भएको, सुरूङ्गको फाइनल फिनिसिङका लागि सिन्धु ग्याल्थुम तथा अम्बाथान साईटमा रेक्टिफिकेसन समेत गरी फाईनल सपोटका काम भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here