कुबेतमा ६ जना नेपालीको मृत्यु, ४ को पहिचान खुल्यो

काठमाडौं, १ फागुन । कुबेतमा बालुवाको ढिस्कोले पुरिएर ६ जना नेपालीको मृत्यु भएको छ । कुवेतमा रहेको नेपाली दूतावासले पुष्टि गरे अनुसार दुई जना नेपालीहरु घाइते भएका छन् ।

मृत्यु हुनेमा कुवेतको ‘युनिभर्सल लेडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्र्याक्टिङ कम्पनी’मार्फत अल मुट्ला सिटी प्रोजेक्टमा कार्यरत पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ र दाङका श्याम नारायण चौधरी रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार मृतक अन्य दुई जनाको भने विवरण स्पष्ट भएको छैन । बालुवाको ढिस्कोले पुरिएर धर्मेन्द्रकुमार शाह र मनोरथ मण्डल घाइते भएका छन् ।

घाइतेमध्ये शाहको कुवेतको जाहरा अस्पतालमा उपचार भइरहेको र अर्का सामान्य घाइते मण्डल उपचारपश्चात कम्पनीमा फर्केको दूतावासले जनाएको छ ।
घटनास्थल दूतावासबाट झण्डै डेढ घण्टाको दुरीमा रहेको छ ।

प्रत्यक्षदर्शीहरूले बताएअनुसार,निर्माणस्थलको ब्लक ५ मा ढल निर्माण गरिरहेका बेला माटो र ढुंगा मिसिएको ढिस्को खसेको थियो । घटनालगत्तै दूतावासका कर्मचारीले घाइते कामदारको उपचारमा सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here