क्यान इन्फोटेकमा ४ लाख पर्ने ‘जेनबुक प्रो डुओ’ ल्यापटप, के छ विशेषता ?

काठमाडौं, २ फागुन । काठमाडौंको भृकुटीमण्डपमा ६ दिने क्यान इन्फोटेक २०२० को शुक्रवार उद्घाटन भएको छ ।

सञ्चार मन्त्री गकुल प्रसाद बास्कोटाले उद्घाटन गरेको एक्पोलाई नेपाली सूचना तथा प्रविधि क्षेत्रको महाकुम्भकै रुपमा हेरिन्छ ।

इन्फोटेकमा हरेक वर्ष विविध किसिमका आधुनिक तथा नविन प्रविधि तथा ग्याजेटलाई सार्वजनिक गर्ने गरिन्छ ।

यो वर्ष पनि एक्स्पोमा नागमणि इन्टरनेशनल अनलाइन स्टोरले ४ लाख पर्ने ‘युएक्स जेनबुक प्रो डुओ’ ल्यापटप सार्वजनिक गरेको छ ।

जेन सिरिजकाः जेप्रो डुओ (यूएक्स ५८१) र जेनबुक डुओ (यूएक्स ४८१) डवल स्क्रिनका ल्यापटप नयाँ हुन् ।

दि फ्युचर अफ कम्युटिङका रूपमा दुवै ल्यापटपमा स्टनिंग नयाँ डिजाइन, किबोर्डका साथमा दोस्रो टचस्क्रिन रहेको छ ।

के के छ विशेषताः

जेनबुक डुव यु एक्स फाइभ वानमा फोर के ओलेड टच (प्राइमेरी) स्क्रिन १५.६ इन्च र फोर के टच सेकेन्डरी प्यानल र १४ इन्चको फिचर छ ।

यसमा इन्टेल कोर प्रोसेसर आई नाइन वा आई सेभेनको प्रयोग भएको छ । आई नाइन भर्जनको मूल्य ४ लाख रुपैयाँ छ भने आई सेभेन भर्जनको मूल्य ३ लाख ५९ हजार रुपैयाँ रहेको छ ।

आजबाट सुरु भएको मेला फागुन ७ गतेसम्म सञ्चालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here