यस्तो देखियो ‘सेन्टी भाइरस’ र चलचित्र पत्रकारबीचको च्यारिटी म्याच (फोटोफिचर)

काठमाडौं, २ फागुन । निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा भएको टि-ट्वान्टी च्यारिटी म्याचमा चलचित्र पत्रकारको टिम विजयी भएको छ ।

चलचित्र पत्रकारसँग ‘सेन्टी भाइरसटिम ८ विकेटले पराजित भएको हो । पहिला व्याटिङ गरेको ‘सेन्टी भाइरस टिम २० ओभर खेल्दै १३७ रनको लक्ष्य दिएको थियो । चलचित्र पत्रकारको टिमले १५ ओभरमा नै लक्ष्य पूरा गर्यो ।

चलचित्र ‘सेन्टी भाइरस’फागुन ९ गते रिलिज हुँदैछ । धुर्मुस-सुन्तलीले निर्माण गरेको ‘सेन्टी भाइरस’ले दिएलाएको मुनाफाको ५० प्रतिशत रकम रंगशाला निर्माणमा खर्च गरिनेछ । जनस्तरबाट निर्माण भैरहेको रंगशालाको कामले गति लिइसकेको छ ।

रामबाबु गुरुङले निर्देशन गरेको ‘सेन्टी भाइरस’मा दयाहाङ राई, सिताराम कट्टेल (धुर्मुस) , कुञ्जना घिमिरे (सुन्तली), विल्सनविक्रम राई, राजराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्रीलगायतका कलाकारको अभिनय छ ।

सिनेमामा कुमार कट्टेल र दीपक आचार्यको लेखन छ । सुबिहानी फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको सिनेमाका लगानीकर्ता डिन्डू लामा ह्याल्मो हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here