अष्ट्रेलियामा अध्ययनरत नेपाली युवतीमाथि छुरा प्रहार

काठमाडौं, ४ फागुन । अस्ट्रेलियामा नेपाली युवतीमाथि छुरा प्रहार भएको छ । को क्विन्सल्यान्ड राज्यको व्रिजबेनमा अध्ययनरत धरानकी २० वर्षीया नेपाली युवतीमाथि छुरा प्रहार भएको हो ।

।स्थानीय भाइव कलेजमा आइटीमा डिप्लोमा पढिरहेकी ती युवतीमाथि शुक्रबार राति अज्ञात व्यक्तिले छुरा प्रहार गरेको जनाइएको छ ।

छुरा प्रहारबाट उनको कम्मरमुनिको भागमा गहिरो चोट लागेको थियो। प्रहरीको सहयोगमा उनलाई रोयल व्रिजवेन महिला अस्पतालमा उपचारका लागि लगिएको थियो। उनलाई सात टाका लगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here