सामसङ एस ट्वान्टी सिरिजका तीनैवटै स्मार्टफोनको प्रि-बुकिङ शुरु, मूल्य कति ?

काठमाडौं । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङको पछिल्लो सिरिज सामसुङ ग्यालेक्सी एस ट्वान्टी अमेरिकाको लस एन्जलसमा सार्वजनिक भइसकेको छ ।

यी तीनैवटै स्मार्टफोन प्रि–बुकिङको व्यवस्था पनि सुरु भएको छ । कम्पनीले ग्यालेक्सी एस ट्वान्टी, एस ट्वान्टी प्लस र एस ट्वान्टी अल्ट्रा फोनहरु कम्पनीको आधिकारिक वेबसाइडबाट बुकिङ गर्न सकिने सुविधा दिएको छ ।

मूल्य कति ?

कम्पनीका अनुसार सामसुङ ग्यालेक्सी एस ट्वान्टीको मूल्य १ लाख ७ हजार रुपैयाँ कायम गरिएको छ । यो मोबाइलमा ६.२ इञ्चको क्वाड एचडी डिस्प्ले रहेको छ, भने पछाडि ३ वटा क्यामेरा रहेका छन् ।

एस ट्वान्टीमा १० मेगापिक्सलको सेल्फी क्यामेरा रहेको छ ।

पछाडि रहेका ३ वटा क्यामेरामध्ये २ वटा १२ मेगापिक्सलका अल्ट्रावाइड र वाइड एंगल क्यामेरा हुन् भने अर्काे ६४ मेगापिक्सलको सुपर स्पिड डल क्यामेरा रहेको छ । यसका साथै ग्यालेक्सी एस ट्वान्टी प्लसको मूल्य १ लाख १८ हजार रहेको छ । एस ट्वान्टी प्लसमा ६.७ इञ्चको क्वाड एचडी प्लस डाइनामिक एमोलेड डिस्प्ले रहेको छ ।

पछाडि रहेका ३ वटा क्यामेरा र सेल्फी क्यामेरा एस ट्वान्टीको जस्तै रहेका छन् तर क्यामेरा डिपभिजनको रहेको भनिएको छ ।

भेराइटी अनुसार मोबाइलको तौल १ सय ८६ र १ सय ८८ ग्राम रहेको छ ।

मोबाइलमा फाइभ जीका लागि १२ जीबी ¥यामसहित १ सय २८, २ सय ५६ र ५ सय १२ जीबी इन्टरनल स्टोरेज रहेको छ ।

त्यस्तै फोरजीका लागि ८ जीबी ¥याम र १ सय २८ जीबी इन्टरनल स्टोरेज रहेको छ ।

एस ट्वान्टी प्लसको ब्याट्रि ४५०० मिलियाम्प घण्टा रहेको छ । र ‘एस ट्वान्टी अल्ट्राको’ मूल्य १ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

एस ट्वान्टी अल्ट्रा । यसमा वास्तविक फोटोलाई १०० गुणासम्म जुम गर्न सक्ने क्षमता रहेको छ ।
६.९ इञ्चको डिस्प्ले रहेको अल्ट्राको तौल २ सय २० देखि २ सय २२ ग्राम सम्म छ ।

पछाडिका ३ वटा क्यामेरामध्ये सबैभन्दा ठूलो वाइड एंगल क्यामेरा १ सय ८ मेगापिक्सलको रहेको छ । त्यस्तै, १२ मेगापिक्सलको अल्ट्रा वाइड क्यामेरा रहेको छ भने अर्काे क्यामेरा ४८ मेगापिक्सलको टेलिफोटो क्यामेरा रहेको छ ।

प्रि–बुकिङ अहिलेबाट नै सुरु भएपनि यी फोनहरु मार्च ६ तारिखबाट मात्रै उपलब्ध हुने कम्पनीले बताएको छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here