कोरोनाको कहरः उत्तर कोरीयाली तानाशाह किम जोनले मारे संक्रमित

काठमाडौं । चीनको बुहान राज्यबाट फैलीएको कोरोना भाइरसको कारण अहिले विश्व नै त्रसित छ ।

चीनमा मात्रै अहिलेसम्म कोरोनाको कारण १ हजारभन्दा धेरै मानिसको मृत्यु भईसकेको छ भने ३० हजारभन्दा धेरै संक्रमीत भईसकेका छन् ।

यसका साथै कोरोनाको प्रभाव विश्वमा अन्य देशहरुमा फैलीएको छ । दक्षिण कोरीयाली सञ्चार माध्यमको अनुसार उत्तर कोरीयामा एकजना कारोना संक्रमीतलाई गोली हानी हत्या गरिएको छ ।

सञ्चार माध्यमको अनुसार उत्तर कोरीयाली तानाशाह किम जानेको स्वीकृतिमा उनको हत्या भएको हो ।

यस्तो छ हत्या गर्नुको कारण

सञ्चार माध्यमहरुको अनुसार ती व्यक्तिमा कोरोनाको लक्षण देखिएपछि छुट्टै राखिएको थियो । तर, उनले भुलवस सार्वजनिक शौचालयको प्रयोग रहेको कारण उनको हत्या गरिएको हो ।

दक्षिण कोरीयाली सञ्चार माध्यम डोन्ग-ए-इलबो न्यूजको अनसार ती व्यक्ति भर्खरै चीनबाट फर्किएका थिए । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here