२ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं, ५ फागुन । नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। सोमबार उक्त रकम बराबरको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो।

बैंकले बिक्री गर्न लागेको उक्त ९१ दिन अवधिको २ अर्ब रुपैयाँ बराबरको ट्रजरी बिल २०७७ जेठ ६ गते परिपक्व हुनेछ।

बोलकबोल मार्फत बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमा सोमबार मध्याह्न ३ बजेसम्म अनलाईन बिडिङ्ग प्रणाली मार्फत बोलकबोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ।
फागुन ६ गते मंगलबार जारी हुने ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here