४७ वर्षपछि जमीनमुनी गाडिएको अवस्थामा भेटियो हराएको औंठी

काठमाडौं । हराएको ४७ वर्षपछि आफ्नो श्रीमानले दिएको पहिलो उपहार (औंठी) फेला पर्दा अमेरिकी एक महिला अचम्मीत छिन् ।

आजभन्दा ४७ वर्षपहिले हराएको औंठी फिलल्याण्डको एउटा जङ्गलमा भेटिएको हो । सन. १९७३ मा उनको औंठी पोर्टल्याण्मा हराएको थियो । त्यस समय उनी हाई स्कुलकी छात्रा थिईन । पछिल्लो हप्ता औंठी भेटिएको खबरले उनलाई निकै खुसी दियो ।

औंठी पाएसंगै ६३ वर्षिय देबराले अमेरिकी सञ्चार माध्यमसंग भनिन् ‘मेरो औंठी आजभन्दा ४७ वर्षपहिले हाई स्कुल पढ्दै गर्दा हराएको थियो ।

मलाई त भेटिन्छ जस्तो नै लागेको थिएन् । तर, ४७ वर्षपछि धातुका विशेषज्ञहरुले जमीनको २० सेन्टिमिटर मुनी दबिएको अवस्थामा फेला परेछ । यो कुराले मलाई धेरै खुसी दियो ।

पछि उक्त व्यक्तिसंग देबराले विवाह पनि गरिन् । ४० वर्ष वैवाहिक जीवन बिताएपछि सन् २०१७ सालको उनको श्रीमानको निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here