क्यान इन्फोटेक २०२०ः अफर स्टलमा अवलोकनकर्ताको भीड (फोटो फिचर)

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा गत शुक्रवारदेखि सुरु भएको ‘क्यान इन्फोटेक २०२०) को अफर स्टलमा अवलोकनकर्ताको भीड लागेको ।

१ सय ७४ ओटा स्टलसहितको मेला बुधबारसम्म चल्ने छ । सूचना, प्रविधि र मनोरञ्जनसम्बन्धी प्रदर्शनी तथा सम्मेलनको यो २६ औं संस्करण हो ।

मेलामा ईन्नोभेसन र स्टार्टअप क्षेत्रका स्टलमा विभिन्न एप, सफ्टवेयर, स्कुल म्यानेजिङ एप तथा सफ्टवेयरहरु प्रदर्शनीमा राखिएको छ । यस्तै मेलामा राखिएका रोवोट सो, गेमिङ जोन पनि रहेको छ ।

गत वर्ष करिब ३ लाख ७६ हजारभन्दा धेरैले अवलोकन गरेको यस प्रदर्शनीमा यो वर्ष ४ लाखभन्दा धेरै अवलोकनकर्ता आउने विश्वास आयोजकको छ ।

हेर्नुहोस् फोटोः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here