गोरखाकी श्रृजना थापाले भनिन्, ‘यम कुमारी मेरी आमा हुन्’

काठमाडौं, ६ फागुन । मानसिक सन्तुलन गुमाएर रसिद अस्पताल दुबईमा उपचार गराईरहेकी बेबारिसे यम कुमारी थापा आफ्नी आमा भएको श्रृजना थापाले बताएकी छिन् ।

उनले उनकी आमा यम कुमारी थापाको गोरखाबाट जारी भएको नागरिकता नम्बर ५२६९९ र राहदानी नम्बर ४८६५२७७ भएको दाबी गरेकी छिन् ।

गोरखा जिल्ला गोरखा नगरपालिका फिनाम–८ ढुङ्गाडे घर भएकी यम कुमारी रोजगारीको लागि ४ बर्ष पहिले युएई गएको छोरी श्रृजना बताउँछिन्। बुबा लाल बहादुर थापासहित ३ दाजु र १ बहिनी र उनी गोरखा बस्दै आएका छन् ।

१ महिना अघिसम्म सम्पर्कमा रहेकी आमा यमकुमारी एक्कासी सम्पर्क विहिन भएपछि युएई गएको म्यानपावरमा सम्पर्क गरेको श्रृजना बताउँछिन्। तर म्यानपावरले यमकुमारीको कुनै डाटा नभएकोले सम्पर्क गर्न नसकिने बताएको थियो।

युएई रहेकी आमा यमकुमारीसँग १ महिना पहिला टेलिफोनमा कुरा गर्दा आफूलाई रक्तचाप बढेकोले बिरामी भएको जानकारी गराएकी थिइन् । उनले घरमा काम गरेकाले त्यस्तो भएको र घरको काम छोडेर कम्पनीमा भिसा लगाउने तयारीमा रहेको समेत जानकारी दिएकी थिइन् ।

शहिद लखनथापा गाउँपालिका ७ बुङकोटका वडाअध्यक्ष सरण श्रेष्ठले यम कुमारी थापालाई नेपाल ल्याउँन गाउँपालिकाबाट सम्पुर्ण सहयोग गर्ने बताएका छन्। उनको घर गोरखा नपा ढुङ्गागाडे र माइतीघर साबिक बुङ्कोट–४ वयाक भएको थापालाई नेपाल ल्याउन पहल गर्ने बताएका छन् ।

उनको श्रीमान् लालबहादुर थापा मानसिक सन्तुलन गुमाएकी यम कुमारी आफ्नो श्रीमती हुन् भन्दै परराष्ट्रमा निबेदन दिन काठमाडौं आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here