गरिबका लागि वरदान बन्यो नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर

पप्पु गुरुङ्ग

दोधारा,७ फागुन । आँखाको समस्याले वर्षौ देखि पिडित रहेका माहाकाली नगरपालिकाका रन बहादुर थापा बुधबार एकाबिहानै माहाकाली नगरपालिका वडा नं. ९ स्थित आयोजित निःशुल्क बृहत् स्वास्थ्य शिविर स्थलमा पुगे ।

शारीरिकरुपमा अशक्त एवम् आँखा समस्याले पिल्सीएका थापा, टेम्पु रिजर्भ गरी आफन्तको सहाराबाट नेपाली सेनाको आयोजनामा संचालित वृहत् निःशुुल्क स्वास्थ्य शिविरमा उपचारका लागी पुगे ।

नेपाली सेनाले स्वास्थ्य शिविर लगाउने खबरले हिजै देखी थापा तरखरमा लागेको बताए । थापाले भने, ‘हामी जस्ता गरिब समुदायका लागी यस्ता शिविरले धेरैनै लाभदायक भूमिका निर्वाह गर्ने छ्’

आर्थिकरुपमा विपन्न रन बहादुर थापाले भने, ‘गाँउकै एक जना साहु संग ऋण काढेर नेपाल र भारतका विभिन्न स्वास्थ्य संस्थामा गई उपचार गराउदा समेत स्वास्थ्यमा सुधार आउन सकेन् ।’

उनि नेपाली सेनाले संचालन गरेको स्वास्थ्य शिविरमा आफ्नो आँखाको उपचार निशुल्क उपचार गर्न आएको र सेनाको डाक्टरहरुले उपचार पछि आ“खा देख्न सक्ने बिश्वास लिएको बताएका छन् ।

यस्तै शिविर स्थलमा लाईनमा लागेको भेटिएका कौशिल्या देबी सुनारले हामी जस्ता गरिब र विपन्न जनताका लागि नेपाली सेनाले निःशुुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर उदाहरणीय कार्य गरेको बताईन् ।

गरिबहरुलाई सेनाको स्वास्थ्य शिविर निकै लाभदायक भएको उनिहरुको भनाई रहेको छ् । वर्षौ देखि उपचारमा थुप्रै रकम खर्चिए तापनी उपचार सम्भव नभएपछि पीडित उपचारका लागी शिविरमा आएको देबी दल गुल्मका सेनानी पदम बहादुर क्षेत्रीले जानकारी दिएका छन् ।

‘उपचारका लागी आउने बिरामीका लागि नाउ दर्ता देखि औषधि सम्मको निःशुल्क व्यवस्था गरिएको हो’ देबी दल गुल्मका सेनानी पदम बहादुर क्षेत्रीले भने । माहाकाली नगरपालिका वडा नं. ९ स्थित अम्बिका उच्च माध्यमिक बिद्यालयमा संचालन भएको एक दिने बृहत स्वास्थ्य शिविरमा झण्डै एक हजार स्थानियहरुले स्वास्थ्य जाँच तथा उपचार गराएका देबी दल गुल्मका सेनानी पदम बहादुर क्षेत्रीले बताएका छन् । जस मध्य आँखाका रोगीहरु बढी शिविरमा आएका उनको भनाई रहेको छ् ।

सामुदायिक स्वास्थ्य संस्थामा आवश्यक मात्रामा चिकित्सक एवम् प्राविधिकको व्यवस्था नहुनु एवम् निजी स्वास्थ्य संस्थामा हजारौं रकम खर्च भएपछि बाध्यतावश यहाँका सर्वसाधारण वर्षौं देखि बिरामी पाल्न बाध्यता देखिएको शिविरमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

प्रदेश सभा सदस्य मान बहादुर सुनार, माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले नेपाली सेनाको परोपकारी कार्य निकै सकारात्मक रहेको बताएका छन् ।

माहाकाली नगरपालिका क्षेत्रमा सेनाले एक दिने निशुल्क स्वास्थ्य शिविरले स्थानियहरुमा निकै राहत पुग्ने बिश्वास लिदै नेपाली सेनालाई उनिहरुले बिशेष धन्यबाद दिएका थिए ।

माहाकाली नगरपालिका, भिमदत्त नगरपालिका, नेपाल औषधि ब्यवसाय संघ, महाकाली अस्पताल नं। ५ र २५ फिए।ए।गुल्म, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृतिक संरक्षण कोष, फार्मेसी संघ कञ्चनपुर, मेहन्द्रनगर आ“खा अस्पताल, सौजन्य मेडिकलको सयुक्त सहयोगमा नेपाली सेनाले अम्बिका उच्च माबिमा आज बृतह एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरेको नेपाली सेना देबी दलका गणपती राजु बत्स्यालले जानकारी दिए ।

शिविरमा आँखाका रोगीको लागी जाँच तथा उपचार, ईसिजी सेवा, फार्मेसी सेवा प्रसूूति, दाँत छाला, नाक, कान, घाँटी, छातीका समस्या भएका रोगीको उपचार तथा जाँच गरिएको बताईएको छ् ।

समुदायका सर्वसाधारण पैसाको अभावमा रोग पालेर बस्न बाध्य भएकाहरुलाई घर नजिक सेनाको निशुल्क उपचारमा पाएपछि स्थानिहरु निकै खुशी भएका छन् ।

नेपाली सेनाको देबी दलका गणपती राजु बत्स्यालको सभापत्विमा संचालन भएको एक दिने बृहत स्वास्थ्य शिविरका प्रमुख अतिथी प्रदेश सभा सदस्य मान बहादुर मान बहादुर सुनार रहेका थिए ।

बिशिष्ठ अतिथीमा माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण प्रसाद पौडेल लगाएत माहाकाली नगरपालिकाका वडा अध्यक्षज्यु, स्थानियहरु उपस्थित रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here