सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ७७ हजार ६०० मा कारोबार

काठमाडौं, ८ फागुन । विहिवार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढ्दा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

बुधवार प्रतितोला ७७ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा विहिवार ५०० रुपैयाँ बढ्दै प्रतितोला ७७ हजार ६०० रुपैयाँ कायम हुँदा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

विहिवार तजावी सुनको मूल्य पनि प्रतितोला ५०० रुपैयाँले नै बढ्यो ।

बुधवार प्रतितोला ७६ हजार ८०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा विहिवार ५०० रुपैयाँ बढ्दै प्रतितोला ७७ हजार ३०० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

विहिवार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढ्यो ।

बुधवार प्रतितोला ९ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा विहिवार १० रुपैयाँ बढ्दै प्रतितोला ९ सय १५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here