सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दिए राजीनामा

काठमाडौं, ८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका बाँस्कोटाले पदबाट राजीनामा दिएका सभामुख अग्नि प्रसाद सापकोटाले संसदमा जानकारी दिएका हुन् ।

नेपाली कांग्रेसका सांसदले संसद बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले मन्त्री बास्कोटाले राजीनामा दिएको कुरा जानकारी गराएका हुन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन मागेको अडिओ बिहीबार सार्वजनिक भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here