‘मिश्र हाम्रो एजेण्ट होइनन्, ७० करोड कमिसन प्रकरणमा हामी संलग्न छैनौं’

काठमाडौं, ८ फागुन । काठमाडौंस्थित स्वीट्जरल्यान्डको दूतावासले सञ्चार मन्त्रीले स्वीस एजेन्टसँग ७० करोड रुपैयाँ कमिसन मागेको घटनामा दूतावासको कुनै संलग्नता नरहेको जनाएको छ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै ७० करोड कमिसन मागेको प्रकरणमा आफूहरुको कुनै सम्बन्ध नभएको जनाएको हो ।

आफूलाई स्वीजरल्याण्डको केबीए–नोटासिसका प्रतिनिधि बताउने विजयप्रकाश मिश्रबीचको टेलिफोन संवादमा मिश्रले सेक्युरिटी प्रेस खरिदको विषयमा स्वीस दूतावामा छलफल भएको बताएका थिए ।

तर, नेपालस्थित स्वीस दूतावासले भने नेपालमा आफ्नो देशको कुनै त्यस्तो एजेण्ट नभएको पनि प्रस्ट पारेको छ ।

‘स्वीस कम्पनीको स्थानीय एजेन्टले डिलिङ गरेको भन्ने विषयमा न दूतावासलाई कुनै जानकारी छ, न सहभागी नै बनेको छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

अडियो टेपलाई सार्वजनिक भएपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निष्पक्ष छानबिन र मन्त्रीको राजीनामाको माग गर्दै प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध गरेको थियो। त्यसपछि बिहीबार नै मन्त्री बाँस्कोटाले राजीनामा दिएको घोषणा गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here