गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सन्दिपको सहयोग

काठमाडौं, ८ फागुन । सन्दीप लामिछानेले निमार्णाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि सहयोग गरेका छन् ।

अमेरिका र ओमान नेपालबीच भएको त्रिकोणात्मक शृंखलाका क्रममा आफूले लिने विकेट लिदाँ दिने भनेको रकम हरुतान्तरण गरेका हुन् ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी चितवनमा धुर्मुस सुन्तली फाउन्डेशनले बनाइरहेको रंगशालाका लागि सन्दीप र उनका एजेण्टले १ लाख ४१ हजार ५ सय ६८ रुपैयाँ प्रदान गरे ।

आफूले लिने विकेट बराबर ८ हजार ८ सय ४८ रूपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।

सन्दीपले अमेरिकासँगको पहिलो खेलमा २ र दोस्रो खेलमा ६ विकेटसहित लिएको ८ विकेट लिएका थिए ।

सन्दिपले आफ्नोतर्फबाट ७० हजार ७ सय ४ रुपैँया दिएका छन् भने उनका एजेन्ट तल्हा इसामले पनि त्यति नै रकम थप्दै सहयोग गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here