कोरोना भाइरसः मृत्यु हुनेको संख्या २२०० नाघ्यो, ७५ हजारभन्दा धेरै संक्रमित

काठमाडौं । चीनको बुहान क्षेत्रबाट फैलिएको कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या २२०० भन्दा धेरै पुगेको छ ।

चिनियाँ सञ्चार माध्यमको अनुसार हालसम्म २ हजार २ सय ४७ जनाको मृत्यु भईसकेको छ ।

यसका साथै चीन सहित विश्वभर कोरोनाको संक्रमण ७५ हजार भन्दा धेरै मानिसहरुमा लागेको छ ।

चीनमा हालसम्म १२ हजार ५ सय ४२ जनामा कोरोनाको सफल उपचार भईसकेको छ ।

कोरोना भाइरस पुर्ण रुपमा नियन्त्रणमा आउन भने अझै आउन सकेको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here