फिफाको नयाँ वरियताः नेपाल पुरानै स्थानमा यथावत, पहिलोमा कुन ?

काठमाडौं । विश्व फुटवलको सर्वोच्च निकाय फिफाले नयाँ वरियता सार्वजनिक गरेको छ ।

फिफाले विहिवार सार्वजनिक गरेको वरियतामा नेपालको स्थानमा भने कुनै परिवर्तन भएन् । वरियता अन्ुसार नेपाल १ सय ७० औं स्थानमा रहेको छ । यसअघि फिफाले एम महिना अगाडी सार्वजनिक गरेको वरियतामा पनि नेपाल १ सय ७० औं स्थानमा नै रहेको थियो ।

दक्षिण एसियाको वरियतामा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा माथि रहेको भारत १ सय ८ र माल्दिभ्स १ सय ५५ औ स्थानमा छन् ।

नेपाल भन्दा तल रहेको बंगलादेश १ सय ८७, भुटान १ सय ८९ औं, पाकिस्तान २ सय र श्रीलंका २ सय ६ औं स्थानमा रहेका छन् ।

विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत रहेको छ । यसैगरी फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्याण्ड चौंथो र उरुग्वे पाँचौं स्थानमा रहेका छन् ।

त्यस्तै छैटौं स्थानमा क्रोएसिया, सातौंमा पोर्चुगल, आठौंमा स्पेन, नवौंमा अर्जेन्टिना र दशौंमा कोलम्बिया रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here