आईसीसीको तीनवटै फरम्याटमा १०० खेल खेल्दा टेलरको नाममा बन्यो विश्व रेकर्ड

काठमाडौं । न्युजिल्याण्डका भरपर्दा ब्याट्सम्यान रोस टेलर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को तीनवटै फरम्याटमा १०० खेल खेल्ने पहिलो खेलाडी बनेका छन् ।

टेलरले टेस्ट, एकदिवसीय र टी–२० मा सय खेल खेल्ने खेलाडीको विश्व कीर्तिमान बनाएका हुन् ।

शुक्रवार घरेलु मैदानमा सुरु भएको भारतविरुद्ध पहिलो टेस्ट खेलेसँगै टेलरको नाममा नयाँ कीर्तिमान बनेको छ ।

सन् २००६ मा एकदिवसयी र टी–२० मा डेब्यु गरेका टेलरले त्यसको एक बर्षपछि अर्थात सन् २००७ बाट टेस्ट खेलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here