एनआईसी एशियाको न्यू चमत्कारिक खाता, यस्ता छन् फाइदा

काठमाडौं, ९ फागुन । एनआईसी एशिया बैंकले न्यू चमत्कारिक बचत खाता योजना ल्याएको छ । यस योजना अन्तर्गत ३० वटा फाइदा पाउन सकिने बैंकले जनाएको छ ।

यो खाता खोल्दा न्युनतम ५० हजार रुपयाँदेखी २ लाख १४ हजार रुपयाँसम्मको फाइदा पाईने बैंकले जनाएको छ । यस खाता योजनामा बीमा सम्बन्धी ३ फाइदा, कर्जामा २ फाइदाका साथै २५ वटा अन्य फाइदाहरू रहेको बैंकले जनाएको छ ।

ग्राहकले दुर्घटना बीमा, घातक रोगहरू र मेडिकल बीमा अन्तर्गत २१ लाख रूपयाँ बराबरको बीमा सुविधा पाउने छन् । बीमा सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्म र १ लाख रूपैयाँसम्मको मेडिकल बीमा समेत पाउने व्यवस्था रहेको जनाईएको छ ।

मेडिकल बीमा अन्तर्गत ग्राहकले अस्पतालमा डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि लगायतका खर्चहरु बापत २० हजार रूपयाँसम्म र अस्पताल भर्ना वापत ८० हजार रूपयाँँसम्मको बीमा दावी गर्न सक्नेछन् ।

खुद्रा कर्जा प्रवाहमा कर्जाको प्रशासनिक शुल्कमा २५ बेसिस प्वाइन्टसम्मको छुट प्राप्त हुनेछ भने कर्जा ब्याजदरमा सहुलियतको सुविधा दिइएको बैंकले जनाएको छ । बैंकका अनुसार उक्त बचत खाता हुने ग्राहकले ५० लाखको कर्जा उपयोग गर्दा करिब १ लाख १३ जहार रूपयाँ बराबरको ब्याज तथा कर्जा प्रशासनिक शुल्कमा फाइदा पुग्ने बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here