उद्योग वाणिज्य महासंघमा ढकाललाई सघाउने गण्डकीको निर्णय

काठमाडौं, ९ फागुन । गण्डकी प्रदेशले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाललाई समर्थन गर्ने निर्णय गरेको छ।

महासंघ गण्डकीका अध्यक्ष सन्जीवबहादुर कोइरालाको अध्यक्षतामा बसेको बैठकले बागलुङका ढकाललाई सर्वसम्मत रूपले वरिष्ठ उपाध्यक्षमा सघाउने निर्णय गरेको हो।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्षमा चुनिने भएकोले अध्यक्षमा निर्वाचन हुँदैन।

वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल र किशोर प्रधान चुनावी प्रतिस्पर्धामा देखिएका छन्। प्रधानलाई वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको समर्थन छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here