निर्भया काण्डका दोषि ४ जनालाई तीन मार्चमा फाँसी, परिवारसँग अन्तिम भेटको अवसर

नयाँ दिल्ली । १६ डिसेम्बर २०१२ को रात २३ वर्षिय छात्रा निर्भयामाथि सामुहिक बलात्कार भयो । बर्बर बलात्कारपछि गम्भीर घाइते भएकी उनको उपचारका क्रममा निधन भयो ।

यस घटनामा संलग्न ६ जनामध्ये चार जनालाई आगामी तीन मार्चमा फाँसीको सजाय हुँदैछ ।

एक जनाले जेलमै आत्महत्या गरिसकेका छन् भने एक जना भने घटना हुने समयमा नाबालक रहेका कारण सुधार गृहमा पठाइएको छ । चार जना भने यतिबेला मृत्युको अन्तिम घडी कुरिरहेका छन् ।

उनीहरुलाई अब परिवारसँग अन्तिम भेटका लागि अवसर दिइने भएको छ । जेल प्रशासनका अनुसार मुकेश कुमार सिंह र पवन गुप्ताले परिवारसँग भेटिसकेका छन् ।

अब अक्षय र विनय कुमार शर्मालाई अन्तिम भेटको अवसर दिइने भएको छ । चार वटै दोषिको फाँसी निश्चित भएका कारण परिवारसँग अन्तिम भेटको अवसर दिन थालिएको हो ।

उनीहरुको फाँसीको मिति ३ मार्च बिहान ६ बजे तोकिएको छ । यसअघि अदालतले मृत्युदण्डको सजाय सुनाइसकेपछि दोषिले राष्ट्रपतिसमक्ष याचिका गरेका थिए ।

तर, याचिका खारेज भइसकेका कारण मृत्युदण्ड पक्का भएको हो । उनीहरुलाई यतिबेला अहिले दिल्लीको पटियाला हाउसमा राखिएको हो । यो मृत्युदण्डका सजाय सुनाइएका दोषिलाई राखिने जेल हो ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here