प्रधानमन्त्रीको जन्मदिन मनाउन गाउँपालिकामा सार्वजनिक बिदा

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ६९ औं जन्मदिन मनाउँदै छन् । जन्मदिन मनाउन जन्मथलो तेह्रथुमको आठराइ गाउँपालिका जाने भएका छन्।

प्रधानमन्त्रीको टोलीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, खानेपानी मन्त्री वीना मगर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ लगायत छन्।

प्रधानमन्त्रीको जन्मोत्सवको तयारीका लागि सचिवालयका केही सदस्य यसअघि नै तेह्रथुम पुगिसकेका छन्।

ओली जन्मथलो आउने भएपछि तेह्रथुमको आठराइ गाउँपालिकाले सार्वजनिक विदा दिएको छ । उनको जन्म २००८ साल फागुन ११ गते तेह्थुमको आठराईमा भएको हो।

साविक आठराइ गाविसमा जन्मिएका ओली सानैमा झापा झरेका थिए। जन्मथलो गएका बेला तेह्रथुम, पाँचथरमा खानेपानी आयोजना र सल्ले–ढुङ्गेसाँघु -ताप्लेजुङ- जोड्ने सडक समेत शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here