सुनको मूल्य बढेको बढै, प्रतितोला ७०० रुपैयाँ बढ्दा फेरि अर्को नयाँ रेकर्ड

काठमाडौं, ११ फागुन । सुनको मूल्य बढ्ने क्रम आइतवार पनि जारी नै रह्यो । आइतवार छापावाल सुनको मूल्यमा नयाँ किर्तीमान कायम भएको छ ।

कारोबार भएको अघिल्लो दिन प्रतितोला ७८ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आइतवार ७०० रुपैयाँ बढ्दै प्रतितोला ७८ हजार ८०० रुपैयाँ कायम हुँदा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आइतवार तजावी सुनको मूल्य पनि प्रतितोला ७०० रुपैयाँले नै बढ्यो ।
अघिल्लो दिन प्रतितोला ७७ हजार ८०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा आइतवार ७०० रुपैयाँ बढ्दै प्रतितोला ७८ हजार ५०० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

आइतवार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढ्यो ।

अघिल्लो दिन प्रतितोला ९ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा आइतवार ५ रुपैयाँ बढ्दै प्रतितोला ९ सय २० रुपैयाँ कायम भएको छ ।

चीनमा कोरोना भाइरसको संक्रमण बढेको कारण यसले विश्व अर्थतन्त्रमा नै नकारात्मक प्रभाव परेको कारण सुनको मूल्य बढेको हो । सुनको मूल्य अझै बढ्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here