कोरोना भाइरसः मृत्यु हुनेको संख्या २३०० नाघ्यो, दक्षिण कोरीयामा ५५६ जना संक्रमित

काठमाडौं । चीनको बुहान क्षेत्रबाट फैलिएको कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या २३०० भन्दा धेरै पुगेको छ ।

चिनियाँ सञ्चार माध्यमको अनुसार हालसम्म २ हजार ३ सय ४५ जनाको मृत्यु भईसकेको छ ।

यसका साथै चीन सहित विश्वभर कोरोनाको संक्रमण ७६ हजार २ सय ८८ मानिसहरुमा लागेको छ ।

यसैविच कोरोना भाइरसको संक्रमण दक्षिण कोरीयामा पनि फैलिएको छ । आइतवार दक्षिण कोरीयामा १२३ जनामा नयाँ संक्रमण देखिएसंगै यहाँ संक्रमितको कुल संख्या ५५६ जना पुगेको छ ।

कोरोना भाइरस पुर्ण रुपमा नियन्त्रणमा आउन भने अझै सकेको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here