सुनको मूल्य प्रतितोला ८० हजारभन्दा माथि, एकैदिन १५०० बढ्दा फेरि अर्को नयाँ रेकर्ड

काठमाडौं, १२ फागुन । सुनको मूल्य बढ्ने क्रम सोमवार पनि जारी नै रह्यो । सोमवार छापावाल सुनको मूल्यमा नयाँ किर्तीमान कायम भएको छ ।

आइतवार प्रतितोला ७८ हजार ८०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्यमा सोमवार १५०० रुपैयाँ बढ्दै प्रतितोला ८० हजार ३०० रुपैयाँ कायम भएसंगै सुनको मूल्यमा अर्को रेकर्ड कायम भएको हो ।

सोमवार तजावी सुनको मूल्य पनि प्रतितोला १५०० रुपैयाँले नै बढ्यो ।

आइतवार प्रतितोला ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा सोमवार १५०० रुपैयाँ बढ्दै प्रतितोला ८०,००० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

सोमवार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढ्यो ।

अघिल्लो दिन प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा सोमवार ५ रुपैयाँ बढ्दै प्रतितोला ९ सय २५ रुपैयाँ कायम भएको छ ।

चीनमा कोरोना भाइरसको संक्रमण बढेको कारण यसले विश्व अर्थतन्त्रमा नै नकारात्मक प्रभाव परेको कारण सुनको मूल्य बढेको हो । सुनको मूल्य अझै बढ्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here