व्यापार घाटा ५.३३ प्रतिशतले घट्यो

काठमाडौं, १२ फागुन । चालू आर्थिक वर्षको सुरु देखि नै मुलुकको व्यापार घाटामा सुधार हुदै गएको छ । चालु आर्थिक वर्षको पहिलो सात महिनासम्म सम्मको व्यापारको तथ्यांकले पनि त्यही देखाएको छ ।

भन्सार विभागको अनुसार गएको साउन महिनादेखि माघ समान्तसम्म विदेशबाट वस्तु तथा सेवा नेपालमा ल्याउने क्रम अर्थात आयात ३ दशमलव ५६ प्रतिशतले घटेको छ ।

तथ्यांकअनुसार सात महिनामा कूल ८ खर्ब ३ अर्ब ६० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

अघिल्लो वर्ष यसै महिनामा ८ खर्ब ३३ अर्ब २६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । यस वर्ष ७ महिनासम्म आइपुग्दा ३.५६ प्रतिशतले आयात घटेको छ ।

गएको साउनदेखि माघसम्म ६४ अर्ब ९७ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ । गएको वर्षको यही अवधिमा ५३ अर्ब ७ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको थियो । तर पुस महिनाको तुलनामा भने माघमा निर्यात घटेको छ ।

पुसमा निर्यात २६ दशमलव १३ प्रतिशतले बढेको थियो । चालू आर्थिक बर्षका सात महिनामा नेपालको व्यापार घाटा ७ खर्ब ३८ करोड ६३ लाख रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ ।

यो अवधिमा आयात घटेको र निर्यात बढेकाले व्यापार घाटामा सुधार भएको हो । यो आर्थिक वर्षको पहिलो महिना देखि नै व्यापार घाटा घट्दो अवस्थामा छ । गत साउनमा व्यापार घाटा करिब १४ प्रतिशतले र भदौमा साढे ३ प्रतिशतले घटेको थियो ।

गत वर्ष देखि नै सरकारले अनुत्पादक र विलाशीताका वस्तुको आयातमा नीतिगत कडाइ गरेको छ । त्यसको सकारात्मक असर व्यापार घाटामा परेको जानकारहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here