कोरोना भाइरसः मृतकको संख्या २६ सय नाघ्यो, चीनबाहिर ३२ जनाको मुत्यु

काठमाडौं । चीनको बुहान राज्यबाट फैलिएको कोरोना भाइरसका कारण हालसम्म विश्वभर २ हजार ६ सय २५ जनाको मुत्यु भएको छ ।

यसका साथै विश्वभर कोरोनाको संक्रमण ८० हजार भन्दा धेरै मानिसमा फैलिएको छ ।

विश्व स्वास्थ्य संगठनको अनुसार इरानमा थप ४ जनाको मृत्यु भएको छ । इरानी समाचार माध्यमको अनुसार यहाँ सोमबारसम्म कोरोना भाइरसका कारण १२ जनाको मृत्यु भएको छ ।

चीनमा थप १५० को मृत्यु

चिनियाँ सञ्चार माध्यमको अनुसार कोरोना भाइरसको कारण आइतबार मात्रै थप १५० जनाको मृत्यु भएको छ। त्यस्तै थप ४०९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

सोमवार बिहानसम्म चीनमा २ हजार ५ सय ९३ जनाको मुत्यु भइसकेको छ ।

कुन देशमा कस्तो प्रभाव

कारोनाको प्रभाव विश्वभर नै परिरहेको छ । स्वास्थ्य संगठनको अनुसार चीनबाहिर इरानमा १२, दक्षिण कोरियामा ७, जापानमा ४, इटालीमा ४, हङकङमा २ जना र फिलिपिन्स, फ्रान्स र ताइवानमा एक–एक गरी ३२ जनाको मृत्यु भइसकेको छ ।

विश्वभर कोरोनाको प्रभाव ८० हजार भन्दा धेरै मानिसमा देखिएको पनि विश्व स्वास्थ्य संगठनले बताएको छ । हालसम्म २९ हजारभन्दा धेरै मानिसहरुको सफल उपचार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here