तरकारीको मूल्य घट्यो, गोलभेंडा र काउलीको मूल्य वर्षकै कम

काठमाडौं, १३ फागुन । नेपालमा उत्पादित भएका तरकारी बजारमा आउन थालेपछि तरकारीको मूल्य घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको जानकारी अनुसार बजारमा नेपालमा उत्पादित तरकारी आउन सुरु भएसँगै तरकारीको मूल्य घटेको हो ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको सार्वजनिक मूल्य सूची अनुसार मंगलबार नेपाली सानो गोलभेंडाको प्रतिकेजी थोक मूल्य १८ रूपैयाँ छ। जुन, यो वर्षकै कम हो।

गोलभेडा ठूलो नेपाली ४८ रुपैयाँ रहेको छ । यस्तै, भारतीय सानो गोलभेंडाको थोक मूल्य २२ रूपैयाँ प्रतिकेजी छ ।

गएको १ मंसीरमा नेपाली गोलभेडाको मूल्य ३८ रूपैयाँ प्रतिकिलो र भारतीय सानो गोलभेंडाको मूल्य प्रतिकिलो ३३ रूपैयाँ थियो।

यस्तै, नेपाली र भारतीय ठूलो गोलभेडाको थोक मूल्य ४८ रूपैयाँ प्रतिकिलो छ भने खुद्रा मूल्य प्रतिकेजी ७५ रूपैयाँ छ।

तर, तीन महीना अघि अर्थात् १ मंसिर ठूलो गोलभेंडाको थोक मूल्य ६८ रूपैयाँ र खुद्रा मूल्य ९५ रूपैयाँ थियो।

काउली स्थानिय २२ रुयैयाँ रहेको छ भने ज्यापु काउली ३० रुयैयाँ रहेको छ ।

खुद्रमा काउली स्थानिय ४५ रुयैयाँ रहेको छ भने ज्यापु काउली ५५ रुयैयाँ रहेको छ । काउली तीन महीनाअघिसम्म ९५ रूपैयाँ किलोमा बिक्री भईरहेको थियो ।

यसका साथै, तीन महीनाअघि थोक बजारमा प्रतिकिलो ४६ रूपैयाँ र खुद्रा बजारमा ६५ रूपैयाँ रहेको नेपाली रातो आलु प्रतिकेजी १२ रूपैयाँले घटेर आज ३४ रूपैयाँमा किनबेच भएको छ।

रातो आलुको खुद्रा मूल्य भने ५५ रूपैयाँ तोकिएको छ।

तीन महीनाअघि थोक बजारमा प्रतिकेजी ११५ रूपैयाँ रहेको गाँजरको मूल्य घटेर ३३ रूपैयाँमा आएको छ। तराई गाजको मूल्य भने २२ रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here