‘अटोमोबाइल विलाशिता होईन् अपरिहार्यता हो’

काठमाडौं । नेपालमा सन् २०१६ अगस्टबाट कार निर्माता कम्पनी रेनोको कार बिक्री वितरण भईरहेको छ ।

रेनोले छोटो समयमा नै नेपाली अटोमोबाइल बजारमा आफ्नो छुट्टै पहिचान बनाईसकेको छ । नेपालको भौगोलिक विकटता धुँलो, कच्ची सडक जस्ता अनेक समस्याको कारण नेपालमा सबै प्रकारका गाडीहरु उपयुक्त हुँदैन् ।

यस्तो अवस्थामा रेनोले नेपालको सडक सुहाउँदो विभिन्न प्रकारका प्रविधि जडित कारहरु बिक्री गरिरहेको छ । यसै सन्दर्भमा नेपालको लागि रेनो कारको अधिकृत बिक्रेता एड्भान्स अटोमोबाइलका जनरल म्यानेजर अधीर कुमार श्रेष्ठसँग गाडी बिक्रीको अवस्था, बजारको प्रतिस्पर्धा, गाडी किन्दा ध्यान दिनुपर्ने कुरा तथा कम्पनीको भावी योजनाका विषयमा क्लाउड पत्रिका डटकमका जितेन्द्र खनालले गरेको कुराकानीको अंशः

नेपालमा रेनो कारले छोटो समयमै राम्रो पहिचान बनाएको देखिन्छ । हाल रेनोको मागको अवस्था कस्तो छ ?

रेनो कार नेपालमा सबैभन्दा पहिले सन् २०१६ अगस्टबाट भित्रिएको हो । रेनो ब्राण्ड विश्वकै दोस्रो सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी पनि हो । विश्वभरी नै यसको माग निकै उच्च छ । भारतमा पनि रेनो भित्रिएको लगभग ७/८ वर्ष भईसक्यो त्यहाँ पनि राम्रै बजार पाईरहेको छ ।

नेपालमा पनि निकै छाटो समयमा रेनो स्थापित भयो । हामीले हालसम्म डस्टर, क्विड, लजी तथा ट्राइबर जस्ता रेनोका कारहरु नेपाली बजारमा ल्याईसकेका छौं ।

यी सबै प्रकारका कारहरु नेपालको वातावरण सुहाउँदो भएको कारण नै हामीले छोटो समयमा सफलता पायौं । राम्रो फिचर, आर्थिक रुपमा पनि सुविधा अनुसार धेरै महङ्गो नभएको नेपालको बाटो सुहाउँदो, राम्रो पिकअप जस्ता गुणहरुको कारण नै हामी छाटो समयमा नै स्थापित हुन सफल भयौं ।

कुन सेग्मेण्टका कारहरु बढी रुचाईएका छन् ?

कुन सेग्मेण्ट भन्दापनि हामीले सर्वजनिक गरेको हरेक कारलाई उपभोक्ताहरुले अति नै रुचाइरहनु भएको छ । रेनोको हरेक नयाँ उत्पादनमा केही न केही मात्रामा नयाँ प्रविधि हुने भएको कारण उपभोक्ताहरुले हरेक कारलाई मन पराईरहनु भएको छ ।

यस ब्राण्डका कार नेपालको हरेक स्थानमा सजिलै लान सकिन्छ । खासगरी यी सबै उत्पानहरु नेपालको वातावरण तथा सडक सुहाउँदो भएको कारण हाम्रा सबै सेग्मेण्टका कारहरु रुचाईएका छन् ।

हालै लञ्च गरिएको ट्राइबेरको बजार कस्तो छ ?

हामीले भर्खर सार्वजनिक गरेको नयाँ कार रेनो ट्राइबर व्यक्तिगत, पारिवारिक तथा कार्यालय प्रयोजनको लागि उपयुक्त, ग्राउण्ड रेन्जपनि निकै राम्रो छ ।

नेपालको कुनैपनि सडकमा सजिलै चल्न सक्ने, लामो यात्राको लागि पनि यो निकै उपयोगी यसका साथै यसको सिट क्षमता ५ भएपनि २ वटा सिट थपेर यात्रा गर्न सकिने भएको कारण यसलाई धेरै मन पराईएको छ । हामीलाई यस कारको फिडब्याक पनि निकै राम्रो आइरहेको छ ।

अन्य ब्राण्डका कारको तुलनामा रेनोका प्रतिस्पर्धात्मक विशेषता के के हुन् ?

सबैभन्दा मुख्य कुरा त रेनो ब्राण्ड विश्वको दोस्रो सबैभन्दा पुरानो ब्राण्ड हो । यसले विश्व अटोमोबाइल बजारमा आफ्नो राम्रो छाप छोडिरहेको छ । यस ब्राण्डले हरेक उत्पादनमा नयाँ नयाँ टेक्नोलोजीको प्रयोग गरिरहेको छ ।

यसको मूल्य पनि यसले प्रदान गर्ने सुविधा अनुसार उपयुक्त हुने खालको नै छ । यसका साथै रेनो ब्राण्डको हरेक उत्पादन नेपाली भुगोल तथा जनतालाई सुहाँउदो खालको छ । नेपालको बाटोमा बाह्रै महिना गुड्न सक्ने क्षमता रेनो कारमा छ । यसमा अटोमेटिक एसी तथा अन्य विभिन्न एड्भान्स टेक्नोलोजीहरु पनि छन् जुन यसको प्रतिस्पर्धात्मक विशेषता हो ।

नेपाली ग्राहकले कारमा खोज्ने मुख्य विशेषता के-के रहेको पाउनु भयो ?

पहिलो कुरा त धेरै ग्राहकहरुले हेर्ने बनेको त्यसको लुक्स अथवा बाहिरी बनोट नै हो । त्यसपछि टेक्नोलोजीको कुरा आउँछ , नेपालको सडकको अवस्था खराब भएको कारण ग्राउण्ड रेन्जको कुरा आउँछ ।

माइलेजको कुरा जस्ता यी सबै कुराहरु बाहेक यसको मूल्य कति छ त ? यो कुरा सबैभन्दा महत्वका साथ आउछ । त्यसमा उपलब्ध फिचरहरुको तुलनामा त्यसको मूल्य धेरै छ भने त ग्राहकले त्यो कार किन्दैनन् ।

त्यसकारण फिचर,टेक्नोलोजी पनि हुन्पर्यो, नेपालको बाटो सुहाउँदो र उपयुक्त हुने खालको यी सबैको अलवा मूल्य पनि सुहाउदो हुनु पर्‍यो । र यी सबै कुरामा हाम्रो रेनो कारको प्रोडक्टहरु उपयुक्त छ ।

कार किन्दा सबैभन्दा बढी ध्यान दिनुपर्ने पक्ष के के हुन् ?

पहिलो कुरा त ब्राण्डमा नै ध्यान दिनुपर्छ । दोस्रो कुरा भनेको के कामको लागि वा कुन उदेश्यले कार किन्न लागेको हो त्यो हेर्नु पर्‍यो । त्यसपछि तपाईंलाई कस्ता-कस्ता फिचर तथा सुविधा आवश्यक छ ।

जसबाट धेरैभन्दा धेरै फाइदा लिन सकिन्छ त्यो कुरामा ध्यान दिनुपर्छ । त्यसको मूल्य हेर्नुपर्‍यो । यसका साथै सर्भिसको व्यवस्था कस्तो छ त्यसका पार्टस्हरु नेपालमा उपलब्ध छन् वा छैनन् त्यो कुरा हेर्नुपर्छ ।

सरकारले अटोलाई अनुत्पादक क्षेत्र भन्ने र बेला बेलामा कस्ने खालका नीति ल्याउने गरेको छ । तपाईंको यसमा के धारणा छ ?

अटोमोबाइलका उत्पादनहरु विश्वभरी नै विकसित रुपमा छ । यसलाई धेरै मानिसहरुले विलाशिता साधन भनेपनि ‘ अटोमोबाइल विलाशिता होईन् अपरिहार्यता हो’ नै बनिसकेको छ । त्यसकारण सरकारको नीति पनि त्यही किसिमको हुनुपर्छ ।

यसले मानिसको व्यस्त दैनिकिलाई धेरै सहज बनाएको छ । अटोमोबाइलको क्षेत्रले विकासमा धेरै सहयोग पुर्याएको हुन्छ । कामलाई छिटो बनाईरहेको हुन्छ । यसको क्षेत्रमा पनि धेरै सहयोग गरिरहेको छ । भने मनोरञ्जनको कुरामा पनि यसले धेरै सहयोग गरिरहेको छ ।

त्यसकारण अटोमोबाइल ‘पार्ट अफ आइफ’ नै बनिसक्यो । त्यसकारण सरकारले अटो क्षेत्रलाई हानी पुर्याउने भन्दापनि सहयोग गर्ने कुरा सोच्नुपर्छ र त्यस्तै नीतिहरु ल्याउनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here