धितोपत्र बजारमा पुन उछाल, नेप्से ४३ अंकले बढ्दा ३ अर्बको कारोबार

काठमाडौं । साताको तेस्रो दिन पनि धितोपत्र बजारमा उछाल देखिएको छ । मंगलवार नेप्से परिसूचक ४३.०२ अंकले बढेर १ हजार ५ सय ४५.१९ अंकमा पुगेको छ । यो संख्या सोमवारको तुलनामा २.८६ प्रतिशत बढी हो ।

मंगलवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । आज सेन्सेटिभ इन्डेक्स ८.५७ अंकले बढेर ३ सय २६.५६ अंकमा पुगेको । यो संख्या सोमवारको तुलनामा २.६९ प्रतिशत बढी हो ।

मंगलवार करोबारमा आएका सबै समुहको सूचक बढ्यो । आज सबैभन्दा धेरै जीवन बिमा समुहको सूचक बढ्यो । जीवन बिमाको सूचक ७.७८ प्रतिशत बढ्यो ।

त्यस्तै, अन्य समुहको ६.७७ प्रतिशत, ट्रेडिङ समुहको ४.९९ प्रतिशत, निर्जीवन बिमाको ४.३७ प्रतिशत बढ्यो भने अन्य समुहको पनि राम्रै अंकले बढ्यो ।

मंगलवार १ सय ८० कम्पनीको ७० लाख ५९ हजार ७ सय १२ कित्ता शेयर २६ हजार ५ सय ३६ पटक किनबेच हुँदा २ अर्ब ९९ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

मंगलवार सबैभन्दा धेरै गुँरास लाइफ इन्स्योरेन्स, हिमालयन डिस्टीलरी र स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयर धनीले कमाए । यी तिनवटै कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा दिव्यश्वरी हाइड्रोपावरका शेयर धनी छन् । हाइड्रोपारवको शेयर मूल्य ३.६३ प्रतिशत घट्यो । त्यस्तै, प्रोग्रेसिभ फाइनान्सको २.६७ प्रतिशत घट्यो ।

मंगलवार सबैभन्दा धेरै कारोबार गर्नेमा हिमालयन डिस्टीलरी कम्पनी रहेको छ । कम्पनीले १६ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here