बाबुराम भट्टराई भन्छन्-‘सबै नेताको आर्थिक छानबिन गरौं, म यसमा पूर्ण सहमत छु’

काठमाडौं, १४ फागुन । समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले नेपालका सबै नेताहरुको आर्थिक छानबिन गर्न आफू तयार भएको बताएका छन् ।

बुधवार प्रतिनिधी सभामा बोल्दै भट्टराईले गाउँको त्यो घरबाट आएका कुनैपनि व्यक्तिले केही समयमा नै काठमाडौंमा ठूला महल बनाउन सोझो कमाईले नपुग्ने भएको कारण यसमा कुनै न कुनै मात्रामा भष्ट्राचार जोडिएको पनि उनले बताए ।

‘मैलै अस्ति प्रधानमन्त्री ज्यूको पुरानो घर देखे, मेरो पनि यस्तै घर छ’, उनले भने, ‘नेपालका कुनैपनि नेताको सोझो कमाई छैन् यसमा अनुसन्धान गरौं, म तयार छु ।’

यसका साथै उनले मातातीर्थ, र ललिलतानिवास जग्गा प्रकरण फरक मुद्दा भएको भन्दै आफ्नो सरकारको पालामा नीतिगत र विधिसम्मत ढंगले मातातीर्थको जग्गा वितरण भएको दावी समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here